Browsing Category

Spirituality

Spirituality

and now….my brother

September 25, 2016

It was September 19th last week, Monday afternoon around lunch time when amazon app on my phone notified me about a delivery at my apartment complex. Package was received by Ms. Green in leasing office. I was not feeling well since previous night because we had gone to water-park on Sunday and most of the afternoon all we did was swimming. I was exhausted when we got back home from Splash town, even didn’t feel like turning on my pc so i read few pages of the book i was about to complete and went to sleep.

When i came to work next morning, my body was aching and felt dehydrated. Around 14:30 My manager was in a meeting, i texted him if i could leave early that day because was not feeling great.

‘Sure man ! go home and take some rest’ he was kind enough. I packed my computer and drove back home. Since it was mid afternoon, there was hardly any traffic. Before 15:00 i was in front of leasing office parking lot.

‘I am expecting a package’ i approached a white man who was busy looking at his desktop screen. Continue Reading…

Spirituality

यात्रा र भुत-

November 18, 2014

नेपालगञ्जबाट साँझ 6:15 को कान्तिपुर मेट्रो बस चढियो। २ हप्तापछि काठमाडौ फर्किँदै थियँ म। थकित मुद्रा। १० दिन सम्म नेपालगञ्जबाट भित्रको बनकट्टि गाउँमा हारुन अलीले निर्देशन गरेको छोटो सिनेमा ‘बुक अफ मुनियाँ’ को छायाङकनमा थियौँ हामी। क्यामेरामा म थियँ, साउण्डमा राजन मोक्तान।

शहरबाट ११ किलोमिटर भित्रको अवधी गाउँमा मुनियाँको छायाङकन गरिएको थियो। अधिकांश कलाकारहरु नेपालगञ्जस्थित मितेरि थियटरसँग सम्बन्धित थिय।
नेपाल र बाहिरका फेष्टिवलहरुलाइ टार्गेट गरिएको छोटो सिनेमा बालिका-शिक्षामा केन्द्रित थियो।

गाउँमा होटल थियनन त्यसैले त्यँहीको माध्यमिक बिध्यालयका दुइवटा कोठाहरु मिलाइएको रहेछ सुत्नको लागि। खाना बनाउनको लागी चाँही कुक थिय। पहिलो राती सुत्दा नै सुतेको २ घण्टापछि मलाइ च्याप्पै समात्यो। के ले समात्यो ? भन्ने प्रश्नको उत्तरमा म यत्ति भन्न सक्छु त्यो भुत अथवा आत्मा थियो। भुत-आत्मा लगायतका कुराहरुमा बिश्वास मलाइ खासै लाग्दैनथ्यो। त्यसदिन भयो के भने- दिनभरको कामले निकै थाकिएको थियो। कोठामा आउँदाबित्तिकै नुहायर म झ्याप्पै सुतेँ। छेउको ओछयानमा राजन सुतेका थिए र कोठामा थप चारजना क्रिउ Continue Reading…

Spirituality, पुस्तक

चोप्राको नयाँ पुस्तक

April 20, 2014

दिपक चोप्राको नयाँ पुस्तक ‘What are you hungry for ?’ सुत्नुअघिका केही बसाइहरुमा सर्सर पढेर सिध्यायँ । पुस्तक ठिकै छ । दिपकका पहिलेका पुस्तकहरुजस्तो राम्रोचाँही लागेन, त्यो सायद किनपनी होला भने म कसरि मोटोपन घटाउने भन्नेबारेमा चिन्तित रहेको अवश्था हैन। मेरो पेट बढेको छैन, बोसोपनी बढेको छैन। दिमागमा बाँकी रहेको बोँसो हटाउन सहयोग गर्ला भनेर पुस्तक किनेको थियँ, पढेपछि गलत नंबरमा डायल गरेछु भन्ने लाग्यो । पुस्तकको आधाभन्दा बढी पेजहरु के खाने र कसरि शरिरको तौल घटाउने भन्नेबारेमा खर्चिइएको छ र त्यसपछिमात्र अलिअली सतहीरुपमा Meditation र Spirituality का बारेमा लेखिएको छ।

आध्यात्मिकता, जीवन र जीउने तरिकाका बारेमा जान्न इच्छुकहरुका लागी भन्दापनी Continue Reading…

Spirituality

बिपश्यना – 2

December 21, 2013

डिसेम्बरको 1-11 सम्म शिवपुरिस्थत धम्मश्रृङगमा भएको बिपश्यना शिविरमा बिताएर बार्हौ दिनमा म फेरी यो शहरमा फर्किएँ। यो मेरो दोस्रो दश दिने शिविर थियो। ब्यस्त छु भन्ने भ्रमलाइ पाखा लगाएर यी 10 दिन मिलाउन मलाइ पनी अरुलाइ जस्तै गारो परेको थियो तर बिपश्यना जाने भनेर मनले सोँचेपछि अरु कुरालाइ थाँति राखेर चुपचाप लागियो बुढानिलकण्ठतिर।

शहरमा फर्केको छु, यो उस्तै चलायमान छ । शहर हतारमा छ, अनी यस्तै हतारोमा थिएँ म। अत्यासको तह यति बढिसकेको थियो की, यसलाइ एउटा बिन्दुमा पुगेर रोक्नैपर्ने थियो, बिपश्यनालाइ रोजेँ। 10 दिनसम्म मौन पालन गरेँ, केही शील र सदाचारका पाठ अनुभुति गरेँ अनी दैनिक 12 घण्टा मनलाइ स्थिर गरेर एउटा स्थानमा बसेँ । सास नफेरेको धेरै भैसकेको रहेछ, शिवपुरि डाँडाबाट बगेको स्वच्छ बतासमा आग्रह-पुर्वाग्रह त्यागेर सासमात्रै फेरेँ। शहरमा सास फेर्न बिर्सेको रहेछु, बाँच्न बिर्सेको रहेछु । म यति ब्यस्त छु, म यो छु उ छु अनी ओहो म जस्तो आदी आडम्बरको लेपमा बाँचेको म, थोरै दिनलाइ किन नहोस, जीवनलाइ भोगेर होइन, साक्षी बनेर हेरेँ । स्वयंसेवकहरुले दिने एक छाक खाना थाप्दैगर्दा लाग्यो, म भित्रका अहंका टुक्राहरु बिस्तारै बिलीन भैरहेका छन । बाथरुमको तातो पानीले शरिर त पखाल्थ्यो तर मन पखाल्न सकेको थियन अनी जीवनलाइ यो बाटो र त्यो बाटो हिँड भन्दै डोराउने मन थियो, स्टेयरिङ ठिक नभइ मोटर पुग्नुपर्ने गन्तब्यमा पुग्ननसक्दो रहेछ। मनको शल्यक्रिया आवश्यक थियो।

मानसिक स्थिरताको खोजीमा बिपश्यना गएको थियँ, यो स्थिरता मनको तहमा हो Continue Reading…