Browsing Category

सिनेमा

सिनेमा

सिनेमा बनाउन दिने शर्तहरुका बारेमा –

July 17, 2015

अप्रिल 25 को भुकम्पछि थुप्रै क्षेत्रहरुजस्तै नेपालको सिनेमा क्षेत्रपनी प्रभावित भयो । केही नेपाली सिनेमा घरहरु चर्किए र दर्शकहरु सिनेमा घरसम्म जान डराउनुपर्ने अवश्था देखियो । भुकम्पको ३ महिनापछि जीवन सामान्य अवश्थामा फर्किएको छ र दर्शकहरु सिनेमा हेर्न हलसम्म जान थालेको देखिएको छ।

राजकुमार राइ चलचित्र बिकास बोर्डका नयाँ अध्यक्ष्य बनेका छन र बन्नुअघि सिनेमा क्षेत्रलाइ भरपर्दो बनाउन लागिपर्ने आश्वासन पनी जनाएका थिय । निर्माता संघसँगपनी आवद्द हुनाले उनले नेपालमा सिनेमा ब्यवसायलाइ पारदर्शि बनाउन ‘बक्स अफिस’ सिष्टम स्थापनाको कामलाइ प्राथमिकतामा राख्लान की भन्ने आशा मैले पनी गरेको थियँ । तपाँइले रगत, पसिना र पैसा खर्च गरेर एउटा सिनेमा निर्माण गर्नुहुन्छ । सिनेमा प्रदर्शनका निम्ति तयार हुन्छ र हलमा लाग्छ। ब्यवसायिक रुपमा तपाँइको सिनेमाले घाटा या नाफा जे खाएपनी, बास्तवमै सिनेमाले कति रुपैयाँको ब्यवसाय गर्यो भन्ने थाहा पाउन चाहनुहुन्छ तर सक्नुहुन्न । किनभने थाहा पाउनसकिने बैज्ञानिक उपाय नेपालमा छैन अहिलेसम्म ।

प्रदर्शकको भनाइमा बिश्वास गर्नुपर्ने अवश्था छ जसले गर्दा हल सञ्चालकहरु र सिनेमा निर्माताहरुबिच बिश्वासको बातावरण छैन। निर्माताहरु सधै आफ्नो सिनेमाले राम्रो ब्यापार गरेको मान्छन र हलवालाहरुले ब्यापार अनुसारको शेयर आफुलाइ नदिएको ठान्छन । आफ्नो सिनेमा हेर्न दर्शकको चाप हुँदाहुँदै आफ्नो सिनेमा हटाएर अर्को सिनेमा लगाउने गरेको ठान्छन तर सिनेमा Continue Reading…

सिनेमा

माला

March 25, 2015

सुदिप भुपाल सिँह निर्देशित नेपाली सिनेमा ‘माला’ हेरेँ। निकै राम्रो लाग्यो सिनेमा । हेरुञ्जेल सीटमा बाँधेर राख्यो ।

थ्रिलर / हरर जनराको नेपाली सिनेमामा ‘माला’ एउटा स्तरिय सिनेमाको रुपमा पछिसम्म संझिइनेछ भन्ने कुरामा मलाइ शंका छैन।

आर्यन सिग्देल र प्रियंका कार्की कहिल्यै मलाइ कलाकारजस्ता लाग्दैनथे तर ‘माला’ हेरेपछि के लाग्यो भने उनीहरु सधै राम्रा कलाकार त थिय तर त्यो कलालाइ अभिब्यक्त गर्ने सही ठाउँ सायद पाएका थिएनन । निर्देशक सिँहले उनीहरुको कलाकारिता निकालेका छन।

सिनेमाको शुरुवात मालाको आत्महत्याबाट हुन्छ र उनको आत्माले पछ्याउने दुइ चरित्र प्रज्वल गिरि र आर्यन सिग्देलमाथि घटने घटनाक्रमहरुसँगै सिनेमाको कथा अगाडी बढछ। प्रज्वलकी श्रीमतिको रुपमा सुमिना घिमिरेले गरेको अभिनय तारिफयोग्य छ।

मैले सिनेमाको कथाका बारेमा Continue Reading…

सिनेमा

Soul Sister

January 20, 2015

प्रशान्त रसाइली निर्देशित सिनेमा Soul Sister हेरेँ हिँजो । प्रशान्तका यसअगाडीका दुइ acclaimed सिनेमाहरु आचार्य कथा चाँहदाचाँहदैपनी हेर्न पाएको थिइन । कुनै आशा नराखी सिनेमा हेर्न हलमा पसेँ। प्रशान्त र नम्रताको नामले पनी होला हलका धेरै सीटहरु खाली थिएनन। सिनेमा हेर्न आएका दर्शकहरु उत्साहित देखिन्थे।

सिनेमाको कथा – रबिना देशराज नम्रताकी अान्ट हुन जसलाइ उनी मामा भनेर बोलाउँछिन सिनेमामा अनी रबिनालाइ मन पराउने अमेरिका सेटल्ड बिजनेशम्यान हुन राजेश हमाल। आमा-बाबुको मृत्युपछि नम्रता अान्टसँग बसेकी हुन्छिन र अब अान्ट अमेरिका गएपछि उनी आफ्ना बाबुआमाको घरमा फर्किन्छिन बर्षौपछि एक्लै।

घरमा फर्केपछि नम्रताले आफुलाइ कसैले बोलाएकोजस्तो, खोजेको जस्तो महशुस गर्छिन । ढोका खुल्दा आउने चुँइचुँइ आवाज, मान्छे पासिङ हुँदा आउने आवाज अनी बतास र पानी पर्दाको आवाजहरु जुन हरर सिनेमाका तत्वहरु हुन, तिनलाइ यसमा प्रयोग गरिएको छ। नम्रता एक्ली छिन भित्र-बाहिर दुबैतिर ।

घरमा आउने क्रममा सिनेमाको पुरुष पात्र वास्तवले उनलाइ लिफ्ट दिन्छ आफ्नो मोटरमा । दोस्रोपल्ट उनीहरुको भेट लाइब्रेरिमा हुन्छ र उनीहरु साथी बन्छन। वास्तवसँगको भेटले नम्रताको एक्लो जीवनमा अलिकति तरङग ल्याउँछ। Continue Reading…

सिनेमा

भद्रगोल हरु –

January 8, 2015

पहिलापहिला घरमा रात बिताउँदा त्यो साँझ नेपाल टेलिभिजनबाट कुनै कमेडी कार्यक्रम प्रसारण हुनेरहेछ भने पहिलै थाहा हुन्थ्यो मलाइ ।

मेरो रुचि या मैले यी कार्यक्रम हेर्ने भएर हैन, टेलिभिजन हेर्ने कुरामा मेरो कहिल्यै रुचि भएन। तितो सत्य, जिरे खुर्सानी, मेरि बास्सै आदी आउने दिनमा ७० बर्षका मेरा बुवा आमा बडो उत्साहित देखिनुहुन्थ्यो दिउँसैबाट। कार्यक्रम हेर्नुअघी खाना खाइवरि बस्नुहुन्थ्यो हेर्न र मजाले हाँस्नुहुन्थ्यो। म आफ्नो कोठामा बसेर पुस्तक पढिरहँदा या ल्यापटपमा सिनेमा हेरिरहँदा ढोकाको छेउबाट छिरेका ती हाँसाका केही स्वरहरु सुन्थेँ।

बुवाले मलाइ ती कार्यक्रमहरु हेर्न आग्रह गर्नुहुन्थ्यो तर मेरा निम्ति ती हेर्नसकिने कमेडी थिएनन। बिजयकुमारले आफ्नो पुस्तक ‘खुसी’ मा लेखेझैँ ती ‘खितखिते’ कार्यक्रमहरु जहाँ मुख बङग्यायर दर्शक हँसाउने प्रपञ्च रचिन्थ्यो, ती शाही सरकारको ‘अप्रेसन किलो शेरा टु’ भन्दा कम टर्चरका हुन्नथे। खैर त्यतिबेला बुवाआमाले चाख मानेर हेरेको देख्दा रमाइलै लाग्थ्यो, बुढेशकालमा हाँस्ने एउटा बहाना त मिलेको छ भन्ने लाग्थ्यो।
हामीले हँसाउन नसकेको कम्तीमा यी कमेडियनहरुले हँसाइरहेका छन भन्ने एउटा सन्तोष।

दीपकराज गीरी, दिपाश्री निरौला, शिवहरि, किरण केसी, जितु नेपाल, धुर्मुष, सुन्तली आदीका नाम कण्ठै हुन्थ्यो उहाँहरुलाइ । जुत्ता र सिमेन्टका प्रचारहरुमा उनीहरुलाइ देख्दापनी चाख मानेर हेर्ने। Continue Reading…