Browsing Category

साहित्य

साहित्य

प्रायोजित…टिप्पणीहरु

March 27, 2015

बिहान डक्टर अरुणकुमार गुप्तासँग एप्वाइनमेन्ट लियको थियँ। समयमै नर्भिक पुगेँ । केहिबेरको पर्खाइपछि पालो आयो, डक्टरले छामछुम गरे, केही प्रश्नहरु… अनि १ महिनाको लागी औषधी लेखे। केही ल्याब टेष्टहरु गर्नुपर्ने रहेछ ।

बिरामी पुस्तिकामा लेख्दिँदै भनेँ – ‘नक्साल भाटभटेनीको पारिपट्टि के ल्याब (K Lab) छ त्यहाँ गराउनुहोला यी टेष्टहरु ‘

मैले अलमल परेर उनका मुखमा हेरेको देखेर होला उनी आफै बोले ‘त्यहाँ टेष्ट गराउनु भयो भने उनीहरुले मलाइ रिपोर्ट इमेल गर्दिन्छन, औषधी केही बदल्नुपर्यो भने सजिलो हुन्छ ‘

‘के ल्याब’ ! ए ।

डक्टर कक्षबाट बाहिरियँ । गुगलमा हेरेँ के ल्याब भनेको – Krown Laboratory & Referral Center रहेछ ।

प्राङगणको फार्मेसीमा औषधी किनेँ र आकासतिर हेरेँ । बादल बिस्तारै कालो हुने क्रममा थियो । मौसमको भर नलागेर सानो लेडिज छाता बोकेको थियँ घरबाट हिँडदा । थापाथली चोकमा निस्कियँ र पैदलै माइतीघर Continue Reading…

साहित्य

प्रयोगशाला: नेपाली सङक्रमणमा दिल्ली, दरबार र माओवादी

November 30, 2013

पत्रकार सुधीर शर्माले लेखेको ‘प्रयोगशाला: नेपाली संक्रमणमा दिल्ली, दरबार र माओवादि’ पुस्तक पढेर सकेँ। केहीदिनअगाडी पुस्तकहरु किन्न भनेर म कान्तिपथस्थित एजुकेशनल बुक हाउसमा गएको थियँ, र त्यहाँ पुगेर कुमार नगरकोटीको ‘फोसिल’  र सरोजराज अधिकारिको ‘चक्रब्युहमा चन्द्र-सुर्य’ लगायतका पुस्तकहरु किन्न ठिक्क परेको, गोजीमा पैसा रहेनछ। हेरेको पुगनपुग आठ सय रुपैयाँ।

किन्न त पर्यो। काउन्टरमाथि पुस्तकहरु राख्दै मैले सोधेँ: क्यास पैसो त रहेनछ, कार्ड लिनु हुन्छ होला नी ? अचेल काठमाडौमा प्राय: ठाउँहरुमा भिजा, मास्टर कार्डहरु स्विकार्य  भैसकेको देखेको थियँ । जस्तो भाटभटेनी स्टोरदेखि, सिनेमा हल अनी रेष्टुरेन्टहरु र ट्राभल अफिसहरुमा।
काउन्टरपछाडी बसेका महाशयले मलाइ माथिदेखि तलसम्म हेर्दै भने: कस्तो कार्ड हो चेक गर्नपर्छ! यसो बिचार गरिपुराउँदा तिनले मसँग काम लाग्ने कार्ड होला भनेर बिश्वास नगरेका जस्ता देखिए।
‘भिजा कार्ड’ मैले भने
‘नंबर टाँसियको नभएर माथि उठेको भए मिल्छ’ भने। तिनले मेरो हातमा नेपाल इन्भेष्टमेन्टको कार्ड देखिसकेका थिए, जसमा नंबर टाँसिएको हुन्छ, उठेको नभइ। एक मनले त अर्को कार्डबाट Continue Reading…

साहित्य

कोर्ट मार्शल

November 25, 2013

हिँजो थियटर भिलेज लाजिम्पाटमा अनुप बरालले निर्देशन गर्नुभएको नयाँ नाटक ‘कोर्ट मार्शल’ हेरेँ। पहिले पनी नाटक हेर्छु हेर्छु भन्दाभन्दै जुरिरहेको थिइन, यतिबेला धेरै ब्यस्त नभएको मौका पारेर हेरिहालौ भनेर गएको थियँ। साथि कृष्णलाइ जाउँ भनेर फोन गरेको ‘आलेक्सन’ को चापले अझै छोडेको रहेनछ उहाँको न्युज रुममा अनि ठमेल दिनेशलाइ फोन गरेको जाउँ न त भन्नु भो र गइयो।

सेनाभित्र माथिल्ला अफिसरहरुबाट तल्लो दर्जाका सहकर्मीहरुमाथि गरिने दुर्ब्यवहारले निम्त्यायको दुखद घटना नै ‘कोर्ट मार्शल’को कथाबस्तु हो। लगभग २ घण्टा नाटकले बाँधेर राख्यो र घरिघरि निकै भावुकपनी बनायो। राजेश हमालका सिनेमाहरु हेरेर उनको फ्यान नभएपनी नाटक हेरेरचाँही उनको अभिनयकलाको म फ्यान भएको छु। राम्रो अभिनय गरेका छन, त्यसबाहेक आश्चर्यजनक उत्कृष्ट अभिनय मलाइ अभियुक्त रामबहादुरको तर्फबाट सैनिक अदालतमा बहस गरिरहेका सुभाष थापा र राणा अफिसरको भुमिकामा रहेका कर्मा (ंमहेश शाक्य) को लाग्यो। जुडिसरी कमीटिमा बसेका बि.एस. राणाको Continue Reading…

साहित्य

सपाट लेखन

September 14, 2013

केहि बर्ष अगाडी बजारमा फाट्टफुट्ट रुपमा उपन्यासहरु आउँथे। त्यतिबेला पनी पढिन्थ्यो पुस्तकहरु । नारायण वाग्लेको ‘पल्पसा क्याफे’ले उपन्यासको बिक्रिमा नयाँ श्रृङखला शुरु गरेको जस्तो लाग्छ पाठकका रुपमा हेर्दा । माओवादी द्वन्दलाइ पृष्ठभुमिमा राखेर लेखिएको पल्पसा क्याफे त्यो समयको उत्कृष्ट उपन्यास हो तर नारायण वाग्लेको दोस्रो उपन्यास ‘मयुर टाइम्स’ चाँही खल्लो र सतही पुस्तक लागेको थियो पढेपछि।

सरुभक्तको ‘समय त्राशदी’ पढेका उपन्यासहरुमध्ये निकै मन परेको उपन्यास थियो । ध्रुवचन्द्र गौतमको ‘अलिखित’, सरुभक्तकै ‘पागल बस्ती’, धरावाशिको ‘राधा’, नारायण ढकालको ‘दुर्भिक्ष’, नयनराज पाण्डेको ‘उलार’ को लेखन शैली, पात्र र कथाको सेटिङ निकै शसक्त थियो । यी अलि पहिलाका पुस्तकहरु भए, पछिल्लो समय मन परेका पुस्तकहरुमा सुवीन भट्टराइको ‘कथाकी पात्र’ कथा संग्रह र बुद्दिसागरको ‘कर्णाली ब्लुज’ राम्रो लागेको थ्यो । मैले नपढेका अन्य राम्रा पुस्तकहरु पनी बजारमा प्रशस्त छन, कामको ब्यस्तता अनि बिबिध कारणले चाहेजतिका पुस्तक पढन नपाइरहेको अवश्था हो ।

केही दिनअगि सुबिन भट्टराइको ‘समर लभ’ पढेर सकेँ । कहिँकतै पढेको थियँ, उनको लेखन भारतिय लेखक चेतन भगतको जस्तो छ । पाठकले बुझ्ने सरल भाषामा लेखिएको र दैनिक जीवनमा प्रयोग हुने शैली प्रयोग गरिएको लेखन भनेर जुन पढेको थियँ, त्यो साँचो हो । सुबिनको पहिलो पुस्तक ‘कथाकी पात्र’ का छोटा कथाहरु पढेपछि नै मलाइ उनको लेखन मन परेको थियो तर ‘समर’ लभ’ मलाइ पहिलो पुस्तकजस्तो लागेन Continue Reading…