सिनेमा

Soul Sister

January 20, 2015

प्रशान्त रसाइली निर्देशित सिनेमा Soul Sister हेरेँ हिँजो । प्रशान्तका यसअगाडीका दुइ acclaimed सिनेमाहरु आचार्य कथा चाँहदाचाँहदैपनी हेर्न पाएको थिइन । कुनै आशा नराखी सिनेमा हेर्न हलमा पसेँ। प्रशान्त र नम्रताको नामले पनी होला हलका धेरै सीटहरु खाली थिएनन। सिनेमा हेर्न आएका दर्शकहरु उत्साहित देखिन्थे।

सिनेमाको कथा – रबिना देशराज नम्रताकी अान्ट हुन जसलाइ उनी मामा भनेर बोलाउँछिन सिनेमामा अनी रबिनालाइ मन पराउने अमेरिका सेटल्ड बिजनेशम्यान हुन राजेश हमाल। आमा-बाबुको मृत्युपछि नम्रता अान्टसँग बसेकी हुन्छिन र अब अान्ट अमेरिका गएपछि उनी आफ्ना बाबुआमाको घरमा फर्किन्छिन बर्षौपछि एक्लै।

घरमा फर्केपछि नम्रताले आफुलाइ कसैले बोलाएकोजस्तो, खोजेको जस्तो महशुस गर्छिन । ढोका खुल्दा आउने चुँइचुँइ आवाज, मान्छे पासिङ हुँदा आउने आवाज अनी बतास र पानी पर्दाको आवाजहरु जुन हरर सिनेमाका तत्वहरु हुन, तिनलाइ यसमा प्रयोग गरिएको छ। नम्रता एक्ली छिन भित्र-बाहिर दुबैतिर ।

घरमा आउने क्रममा सिनेमाको पुरुष पात्र वास्तवले उनलाइ लिफ्ट दिन्छ आफ्नो मोटरमा । दोस्रोपल्ट उनीहरुको भेट लाइब्रेरिमा हुन्छ र उनीहरु साथी बन्छन। वास्तवसँगको भेटले नम्रताको एक्लो जीवनमा अलिकति तरङग ल्याउँछ।

वास्तबकी श्रीमति प्रेगनेन्ट छे र उनीहरुबिच बेलाबखत भनाभन भैरहेको देखिन्छ सिनेमामा।

Soul Sister को कथाक्रम Synopsis यहाँ लेख्न बस्दापनी मलाइ ठयाक्कै थाहा छैन यसको कथा के थियो भनेर, Soul Sister भन्ने टाइटलले नै नम्रतालाइ बोलाउने पात्र उनको मरिसकेको sister हो भन्ने जनाइसकेको अवश्थामा यो सिनेमाको मुख्य समस्या भनेको यसको कथा के थियो भन्ने हो।

80 मिनटको सिनेमामा पहिलो 10 मिनटपछि नै सिनेमा हेर्न आएका दर्शकहरु हाँसेर हैरान पारे। सिनेमाप्रति उपेक्षाको त्यो हाँसो सायद फिल्ममेकरहरुले थाहा पाए या पाएनन तर हलभितर फुत्किरहेका खित्काहरु यदि सिनेमा कमेडी हुँदो हो र सिनेमाले दर्शकहलाइ हँसाउनै खोजेको थियो भने स्वभाविक लाग्थ्यो होला तर Soul Sister को हकमा यस्तो भैरहेको थिएन । हाँस्नुपर्ने दृश्य थिएनन त्यहाँ तर सायद दर्शकहरु आफुहरु मुर्ख बनेकोमा हाँसिरहेका थिय। म बसेको अघिल्लो रो मा बसेका केही दर्शकहरुको हुल हाफ टाइममा बाहिरिएपछि फर्केर आएनन।

प्रशान्त रसाइलीले Soul Sister मा के देखाउन खोजेका हुन, मलाइ थाहा छैन तर उनले जे देखाउन खोजेका हुन, त्यसमा उनी पटक्कै सफल भएका छैनन। सिनेमाले दर्शकलाइ कुनैपनी तहबाट छुन सकेको छैन। प्राविधिकरुपमा सिनेमा कमजोर त छँदैछ त्यसबाहेक रसाइलीले ‘नबुझ्ने र अस्पष्ट जे देखाए पनी यहाँ आर्ट हुन्छ’ भन्ने मनशाय देखाएका छन । यदी Soul Sister आर्टहाउस सिनेमा हो भने मलाइ अब आर्ट सिनेमा हेर्नु छैन, म यसलाइ पटक्कै कला मान्न तयार छैन किनभने Soul Sister सिनेमाका नाममा पुर्ण यातना हो।

हलमा सिनेमा अझै चलिरहेको छ, टिकट काटर हेर्न जानुहोस र आफै सोँचेर भन्नुहोस।

यो सिनेमाको बारेमा भयो, मलाइ अचम्म लागेको अर्को कुरा अचेल काठमाडौमा कसैले कसैको सिनेमाको समिक्षा, चर्चा गर्दैन। Counter Critisism को त्रासमा, भोली आफ्नो काममा सामुहिक शाब्दिक आक्रमणमा पर्ने डरलेपनी होला फिल्ममेकरहरु सिनेमा त हलसम्मै पुगेर हेर्छन तर सोसियल मिडियाहरुमा ती यातनामय सिनेमाहरुका नाममा दुइ शब्द लेख्न डराउँछन। एकजना चल्तापुर्जा सिनेमा समिक्षक थिए यहाँ।
एउटी सिनेमाकी निर्मात्रिले उनलाइ समिक्षा लेखेकै कारण हनुमानढोका पुराइन, त्यसपछि उनका समिक्षापनी बिस्तारै सेलाय, उनले अहिले राष्ट्रवाद Patrorism को सोसियल मिडिया बिभाग सम्हालिरहेका छन। बेलाबखत राष्ट्रवादका दार्शनिक कुरा फेसबुकमा लेख्छन, जसमा उनलाइ कसैले फेरि हनुमानढोका पुराउने कारण फेला पार्दैन।

फिल्ममेकरभन्दा पहिला म एउटा दर्शक हुँ, भोली म सामुहिक शाब्दिक आक्रमणमा परुँला या समुहबाट एक्लै बनुँला अथवा मैले गरेका कामहरुभन्दा बढी मेरो आफ्नै समिक्षा बढी होला भन्ने त्राशलाइ अहिलेलाइ लगेर बाग्मतिमा फाल्देको छु। त्यतिञ्जेल मैले हेरेका सिनेमाहरुका बारेमा दर्शकिय मनोभावहरु पढौँ यतैतिर ।

Image: Google

You Might Also Like

No Comments

Leave a Reply