Spirituality

यात्रा र भुत-

November 18, 2014

नेपालगञ्जबाट साँझ 6:15 को कान्तिपुर मेट्रो बस चढियो। २ हप्तापछि काठमाडौ फर्किँदै थियँ म। थकित मुद्रा। १० दिन सम्म नेपालगञ्जबाट भित्रको बनकट्टि गाउँमा हारुन अलीले निर्देशन गरेको छोटो सिनेमा ‘बुक अफ मुनियाँ’ को छायाङकनमा थियौँ हामी। क्यामेरामा म थियँ, साउण्डमा राजन मोक्तान।

शहरबाट ११ किलोमिटर भित्रको अवधी गाउँमा मुनियाँको छायाङकन गरिएको थियो। अधिकांश कलाकारहरु नेपालगञ्जस्थित मितेरि थियटरसँग सम्बन्धित थिय।
नेपाल र बाहिरका फेष्टिवलहरुलाइ टार्गेट गरिएको छोटो सिनेमा बालिका-शिक्षामा केन्द्रित थियो।

गाउँमा होटल थियनन त्यसैले त्यँहीको माध्यमिक बिध्यालयका दुइवटा कोठाहरु मिलाइएको रहेछ सुत्नको लागि। खाना बनाउनको लागी चाँही कुक थिय। पहिलो राती सुत्दा नै सुतेको २ घण्टापछि मलाइ च्याप्पै समात्यो। के ले समात्यो ? भन्ने प्रश्नको उत्तरमा म यत्ति भन्न सक्छु त्यो भुत अथवा आत्मा थियो। भुत-आत्मा लगायतका कुराहरुमा बिश्वास मलाइ खासै लाग्दैनथ्यो। त्यसदिन भयो के भने- दिनभरको कामले निकै थाकिएको थियो। कोठामा आउँदाबित्तिकै नुहायर म झ्याप्पै सुतेँ। छेउको ओछयानमा राजन सुतेका थिए र कोठामा थप चारजना क्रिउ मेम्बरहरु सुतेका थिय। हामी सबै भुँइमा ओछयान लगायर सुतेका थियौँ। सुतेको केहीबेरमा झ्याप्प जाग्दा कोठाको टिउवलाइट निभिसकेको थियो। बाहिर झ्याउँकिरि कराएको आवाज र झ्यालबाट पसिरहेको सिरेटो बतास कानको छेउछेउ सिर्सिर महशुस गर्न सकिन्थ्यो।

फेरि निदायँ।

केहिबेर पछि सास फेर्न निकै गारोजस्तो भएपछि मेरा आँखा बिस्तारै खुले। छेउको राजन भाइ र कोठामा सुतेकाहरुको मुटुको धडकनको टुक-टुक आवाज आइरहेको थ्यो।

आँखाबाहेक मेरो शरिरको कुनै अङग चलिरहेको थियन। सासैसासले ‘राजन…राजन..’ भन्ने प्रयाश गरेँ। स्वरै निस्केन।
घाँटीमा दुइटा हातहरुले च्याप्प समातेको थियो। औसत हातहरुभन्दा ठुला हातको खस्रो स्पर्ष महशुष गरेँ। सिलिङतिर हेरेको- दुइवटा भिमकाय खुट्टाको बिचमा सुतेको मेरो शरिर थियो अनी उसका हातहरु मेरो घाँटीमा। खुट्टाहरु ठुला थिय र उसको टाउकोले लगभग सिलिङ छोएको थियो।
त्यो अवश्थामा पनी मेरो मनमा प्रश्न आयो – कतै मैले छातीमा हात राखेर सुत्नाले ऐठन परेको त होइन ? मैले मेरा दुबै हात कता छन भन्नेमा ध्यान केन्द्रित गरेँ। एउटा हात कम्मरमा थियो र अर्को पछाडीपट्टि सरेको थियो। आफ्ना हातहरुको स्थान थाहा पाएपनी ं मैले एक इञ्च सार्न सकिरहेको थिइन। कोठामा सुतेका सबैको मुटुको धडकन र सास फेरेको आवाज सुनिरहेको थियँ तर मेरो स्वर निस्किरहेको थिएन। सास फेर्न गारो भैरहेको थियो।
मेरो घाँटी च्याँप्ने यो को हो भनेर उसको अनुहार हेर्ने प्रयाश गरेँ, उ उभिएको हुनाले अनुहार देखिएन तर शरिरभरि काला रौँ देखिए।

‘ए मलाइ छोड…हात निकाल’ भनेर म चिच्याइरहेको थियँ तर स्वर निस्किँदै निस्केन।

त्यतिबेलै खै कता-कताबाट कसैले भनेको कुरा संझे, कुन बेला के प्रसंगमा कसले भनेको थियो याद भएन तर सारांश थियो- नराम्रो ठाउँमा रात बिताउनुपर्यो भने साथमा फलाम र आगो राख्नु । तर यतिबेला मेरो साथमा ती दुबै थिएनन। के गरम के नगरम, मार्ने भो यो कालो छायाँले भन्ने मनमा लागिरहेको थियो- कुनै मन्त्रसन्त्र भन्यो भने यो भाग्ला की भन्ने लागेर मनमनै ‘ऊँ नम शिवाय:’ भनिरहेँ तर त्यो मुला कालो छायाँ भागेन। एक दुइपल्ट टाउको हल्लायो अगाडीको कालो ब्लाकबोर्डतिर। जनै लगाउन त छाडियो तर कुनैबेला बर्तबन्ध हुँदा बाहुनले गायत्रि मन्त्र सुनायका थिय- ऊँ भुर्भुवस्व….’ मनमनै त्यही दोहोरिन थाल्यो। त्यो कालो छायाँले एकातिरको खुट्टा निकालेर दुइटै खुट्टाले एकातिर टेक्यो। मेरो घाँटीमा उसको प्रेसर अलि कम भएको थियो। बिस्तारै पछाडी नफर्कि उ मलाइ छाडेर दुइ पाइला अगाडी बढेर बिलायो। झ्यालमा हावाको बेग एक्कासी बढेजस्तो लाग्यो।
बल्ल मैले राम्ररी सास फेर्न सकेँ। 7-8 पल्ट लामो सास फेरेपछि बल्ल शान्त भएको थियँ।
उठेर लाइट अन गरेँ।
जीउ पसिनाले निथ्रुक्क भएको रहेछ।
कुकले मासु काटने खुकुरि पर कुनामा लडिरहेको देखेँ। क्यामेरा ब्गागमा खोजेको लाइटर भेटियो। ती दुइटालाइ सिरानीमुनी राखेर सुतेपछि खै कती बेला निदायछु थाहा भएन ।

बिहान राजनलाइ रातीको घटना भनेँ। फिस्स हाँसेर उनको प्रतिउत्तर यत्ति थियो ‘…अब दाइपनी फेरि’ । यति भनेर उनी दाँत माझ्न बाथरुमतिर लागे।
तेस्रो रात राजनलाइ समात्यो, घटना दोहोरियो..पात्र बदलिए। पाँचौ रातमा कोठामा सुतेका अर्को क्रिउ मेम्बरलाइ समात्यो।

प्लान नेपाल बाँकेले बनाइदिएको बिध्यालयको टवाइलेटमा २ बर्षअगाडी केटी बिध्यार्थिले पासो लगायर आत्महत्या गरेकी रहिछिन भन्ने थाहा पाइयो। मलाइ थाहा छैन त्यो राती-रात हामीलाइ समाउने उनको आत्मा थियो या कुनै भुत थियो या मसान या अरु केही तर त्यो घटनाले सकेसम्म काम छिटो सकेर त्यहाँबाट हिँडने मनस्थितिचाँही बनाइदियो।

गाउँमा शुटिङ गर्दा हामीले सोँचेजस्तो सजिलो भएन। सिङक साउण्ड गर्ने भनेर काठमाडौबाट राजनले त्यसका लागी आवश्यक उपकरणहरु लगेका थिए तर तेस्रो दिनको शुटपछि हामीले सिङक साउण्ड संभव देखेनौ र डबिङमै जाने निर्णय गर्यौँ। शुटइङ हेर्न आउने मान्छेहरुको भीड अनी भर्खर धान काटेका हुनाले त्यसका लागी काममा लागेका ट्रयाक्टरहरु आदिको आवाजले हामीलाइ स्पट साउण्डलाइ नै फाइनल साउण्ड बनाउन दिएन।

काठमाडौबाट जाँदा नागरिक बसमा गइएको थियो आउँदा कान्तिपुर मेट्रोमा। बसहरु लक्जरियस थिए। मलाइ यसैपनी यस्ता राम्रा नाइट बसहरुमा लामो यात्रा गर्न निकै रमाइलो लाग्छ। Free WiFi लेखेका यी दुबै बसमा इन्टरनेट चल्नचाँही चलेननन। नेट नचलेकोमा बसवालाहरु खासै सिरियसपनी देखिएनन।
काठमाडौ बसपार्कमा झर्दा बिहान 7 बजेको थियो।

बुक अफ मुनियाँ अहिले पोष्टको काममा छ। केही हप्ता या महिनामा तयार होला। पहिलोपल्ट भुतले च्याँपेपछि काठमाडौ आएपछि गुगलमा हेरेँ, यस्तो घटनाहरु भैरहनेरहेछन। केही साइटहरुले भनेअनुसार मरेका मान्छेका आत्माले हामी जिउँदासँग कम्युनिकेट गर्न खोज्दा हामीले नबुझेपछि, नसुनेपछि हामीलाइ बुझाउन, उनीहरुले आफ्नो उपस्थिति जनाउन यस्तो समाउने काम गर्छन भन्ने पढेँ।

नेपालगञ्जको गाउँमा त्यो रात भेटिएको उ भुत थियो या अरु केही मलाइ थाहा छैन तर पहिलेजस्तो उनीहरुको अस्तित्वलाइ पुरै नकारिहाल्ने अवश्थामा चाँही म छैन। यो यात्राले सिकाएको एउटा पाठ यही हो।

You Might Also Like

2 Comments

  • Reply निर्मल November 27, 2014 at 4:39 am

    पहिलो कुरा, सेयर गर्नु भएकोमा धन्यबाद !
    म पनि यो भुत भन्ने कुरा बिश्वास गर्ने मान्छे होइन | तर न पूर्ण रुपमा नकार्न सक्ने न स्वीकार्न ! आफुले नभोगेको, नदेखेको भएर ‘होइन होला’ भन्ने |

    तर तपाइँको कुरा सुनेपछि त्यहीं जाउँ जाउँ भयो – एक पटक महसुस गर्नलाई भएपनि |

    रमाइलो अनुभव गर्नुभएछ, खुसी लाग्यो | सायद कुनै दिन मेरो पनि यस्तै अवसर जुर्यो भने म पनि पूर्ण रुपमा विश्वास गर्ने छु !

    तपाईंले आफ्नै डाइलग “राम राम” भन्नु पर्थ्यो | भाग्थ्यो कि !

    जय होस् ! राम राम !

  • Reply स्याटेलाइट November 28, 2014 at 4:43 am

    कमेन्टको लागी धन्यवाद निर्मलजी । कहिलेकाँही बिश्वास नगरिएको कुराहरु आफैले भोग्नुपर्दा बिश्वास गर्ने की नगर्ने भन्ने दोधारमा पुगिने अवश्था आउँदो रहेछ, यो भुत श्रृङखला यस्तै एउटा घटना भयो मेरा लागी ।

  • Leave a Reply