Adventure

के टेन र काठमाडौको रेन

June 3, 2014

काठमाडौको मौसम परिवर्तन भएको छ । हिँजोआज झ्याप झ्याप पानी पर्छ, ब्यागमा रेनकोट बोकेर हिँडनुपर्ने अवश्था छ ।
शिर्शिर बतास चल्छ अनी बाटोहरु चौडा भैसकेकोले होला धुलो कम हुँदै गएको छ ।

एउटा पुरानो प्रशङ्ग:

पाँचमहिना अगाडी एउटा गाडी किनेको थियँ थापाथलीस्थित मारुती सुजुकी शोरुमबाट। हजार सिसिको सानो गाडी अल्टो K 10 । बुवा बिरामी भएर काठमाडौ आउनुभएको थियो र केहिदिन अस्पतालमा भर्ना गर्नुपरेको थियो। भैरहवा घरजाने एकसाँझअगाडी शोरुमबाट गाडी ल्यायर बालुवाटार घरको गेटबाहिर रहेको खाली जग्गामा पार्क गरेको थियँ। सानो गेटबाट गाडी छिर्दैनथ्यो।

बिहान बुवाले गाडिको टिकटसिकट भयो बाबु, झ्यालतिरको सिट भए राम्रो हुन्थ्यो ? भनेर सोध्नुभयो ।
‘टिकट सबै भएर गाडी लिन आइसक्यो बाहिर, सीट झ्यालतिरकै छ’ भनेँ ।
बिहान छ पनी बजेको थियन, सबेरै थियो।

ब्यागहरु पछाडी राख्यौँ, बुवालाइ मेरो साइडको सीटमा बसालेँ र मोटर स्टार्ट गरेँ। हामी बालुवाटारबाट बाहिरियौ र बिस्तारै दरबारमार्गको खुला सडक हुँदै किर्तिपुर पुगेर दाजुलाइ पिक गरेँ । कलंकी अनी थानकोटको नागबेली सडक पार गर्दै केहिबेरमा नौबिसे पुग्ने तरखरमा थियौ। बुवाले बुझ्नुभएछ छोराले मोटर किनेछ भनेर, हाँस्नुभो र झ्यालबाट छिरिरहेको सिर्सिर बतासको आनन्दमा डुब्नुभो । भर्खर निकालेको गाडी भएर होला, गियर, स्टेरिङ सबै स्मुथ थिय र कतैबाट केही आवाज आइरहेको थियन। बेलाबखत रेडियोमा बजिरहेका गीतहरु सुन्दै म ड्राइभ गरिरहेको थियँ। मलेखु पुगेपछि फ्रेस सब्जी र दाल, च्याउहरु किनेर राखियो। मलेखुमा फ्रेस सागसब्जी पाइन्छ भन्ने धारणा छ घरतिर। भैरहवा घर पुग्दा दिउँसोको १ बज्ने तरखरमा थियो। कहिलेकाँहि आफुले माया गर्नेहरुलाइ सरप्राइज दिनपनी रमाइलै हुन्छ।

मलाइ अल्टो, स्याण्ट्रो, आइ टेन, स्विफ्ट, पोलो लगायतका साना गाडी किन्ने मन पटक्कै थियन। चिटिक्क देखिने सामानहरुको म पारखीपनी हैन तर पैसा नपुगेपछि नहुने मामाभन्दा कान्छो मामा ठिक भनेझै अल्टो नै सही भनेर किनेँ। पारिवारिक हिसाबले सिटी ड्राइभका लागी गाडी ठिक छ र हाइवेमा पनी राम्रै माइलेज दिन्छ तर रफरोडका लागी सोँच्नै सकिन्न। म अल्टो लिएर एकपल्ट गुल्मीको तम्घास हुँदै भित्री गाउँमा गएको थियँ, सदरमुकाम तम्घासबाट त्यहाँ पुग्ने बाटो कच्चि थियो, त्यस्तो बाटोमा अल्टो लगायतका साना गाडीहरुको कामै छैन। सानातिना खाल्डाहरु नै अल्टो र आइ टेनहरुका निम्ति रुकावट बनिदिन्छन।

मेरो रुचि महिन्द्राको Thar मा थ्यो। फोर ह्विल ड्राइभ जीप फोटोमा हेर्दापनी आकर्षक देखिन्थ्यो तर एकदिन गोदावरिबाट मोटरसाइकलमा फर्कनेबेला नेपाली सेनाले चलायको देखेँ, फोटोमा जस्तो आकर्षक थियन। Thar लाइ पाखा लगाइयो। Thar पछि कोरियन कम्पनी Ssangyong को SUV हेरियो । त्यो पनी पाखा लाग्यो । Kia को Sportage, Tata को Grande आदीपनी आउनेजाने क्रम चलिरह्यो।

रफरोड, ग्रावेल, माउण्टेन, सिटी, हाइवे रोड सबैमा चल्नसक्ने बलियो गाडी भनेका महिन्द्राका नै हुन तर स्कोर्पियो किन्न नसकेपछि अन्तिममा अल्टो के टेनका अगाडी त्वं शरणम भएको थियँ।
देशबाहिर बस्दा अलि ठुला फोर ह्विल गाडीहरु चलाएको हुनाले अल्टोमा मन बसिरहेको थियन तर कहिलेकाँही आमालाइ पशुपति लैजान या डक्टरको एप्वाइनमेन्ट मिस नगराउन सहयोग भएको थियो। काठमाडौमा हुँदा प्राय कामहरुमा मोटरसाइकलमा या टेम्पोमा यात्रा गरिन्छ। यहाँको ट्राफिकले पनी मोटरसाइकलमा हिँडन नै ठिक लाग्छ। गाडी चलायर हिँडयो भने गन्तब्यमा समयममा पुगिने ग्यारेण्टि हुँदैन। केहि दिनअगाडी मैले यो अल्टो बेचेँ । 4000 किलोमिटरपनी पुगेको थियन त्यो फुच्चे गाडी। किनेको पाँचैमहिनामै बेच्दा अवश्यपनी फाइनान्सियल्लीरुपमा घाटा लाग्यो नै तर मन नपरेको सामान राख्नुभन्दा बेच्नै ठिक लागेर बेचेँ। बिस्तारै सकियो भने महिन्द्राको कुनै फोर ह्विल गाडी लिन्छु होला जसमा नेपालभरि जहाँपनी पुग्नसकियोस । बाटो, डाँडाकाँडा, खोला र ढुङगाहरुले यात्रा रोक्न नसकुन।

हेर्दा राम्रो भन्दापनी बलियो गाडीमा रुचि छ मलाइ । कार मेरोनिम्ति उपर्युक्त गाडी रहेनछ। बरु पिकअप नै ठिक जसमा पछाडी प्याराग्लाइडर हालेर कुनै डाँडाको टुप्पोमा पुग्न सकियोस टेक अफ गर्न, आकाशमा धेरैबेर निस्फिक्रि उडेपछि कसैले ल्याण्डिङबाट पिक गरोस अनी यात्रा स्मरणीय बनोस।

सारै मन परेका तर किन्न नसकेका गाडीचाँही मेरालागी दुइवटा छन । Ford को Ranger, Nisan को Navara र Toyota को Hilux । यी फुल अप्सन गाडीहरु अंग्रेजी सिनेमाहरुमा डिटेक्टिव, शेरिफ या खलपात्रहरुले ड्राइभ गरिरहेका हुन्छन। यी गाडीहरु यीनीहरुको स्लोगनजस्ता नै लाग्छन – Its not only a vehicle, its the way of life. पुरानो गाडी चढन मन नलाग्ने, नयाँ गाडी किन्न नसक्नुको बाध्यता के भने ‘अँ गाडी राम्रो रहेछ भन्यो, बस्यो’ ।

यी भए गाडीहरुका कुरा । बस्तुबिशेषप्रति लगाव हुने एउटा समय हुँदोरहेछ, अहीले त्यसको ठाउँ गाडीले लिएको छ। यो हराउनेछ छिट्टै र यसको ठाउँमा अर्को कुनै बस्तु या ब्यक्तिले ठाउँ लेलान । बस्तु र ब्यक्तिहरुसँग पुर्णरुपमा डिटयाच हुन नसक्दासम्म यो क्रम चलिरहनेछ ।

यतिबेला काठमाडौको मौसम सारै राम्रो छ । रिङरोड छेउमा फुलेका शिरिषका फुलहरुको छहारिमा हिँडदै ती बैजनी फुलहरुतिर हेर्नु अनी छिनछिनमा बर्षने पानीका थोपाहरु, हतारहतारमा गन्तब्यतिर लम्किरहेका मान्छेहरु।

हरेक बर्षजस्तै यो बर्षपनी बर्षाको पानीमा रुझ्न पाइयोस र आकाशको त्यो चिसोपन भित्र मुटुसम्म महशुस गर्न पाइयोस । अहिलेलाइ के टेन पाखा लगाएर काठमाडौको रेनको शरणमा परेको अवश्था –

तस्विर श्रोत: Google

You Might Also Like

No Comments

Leave a Reply