सिनेमा

फिटकिरि…

March 24, 2014

अनुप बरालले निर्देशन गर्नुभएको ‘फिटकीरी’ हेरेँ अस्ति शनिबार ।

ट्रेेलरबाट एउटा आशा थियो सिनेमाप्रति, बढी आशा राखेको हैन, हेरुञ्जेल मनोरञ्जन गराओस भन्नेमात्रै तर फिटकिरिले हलबाट यसरी फिटेर पठाइदियो की चाहेरपनी मैले अहिलेसम्म यसका बारेमा केही लेख्न सकिन।

‘फिटकिरि’ राम्रो कन्टेन्टमा बनेको नराम्रो सिनेमा हो ।
कथा राम्रो छ, प्रस्तुति झुर ।
फस्ट हाफमा त सिनेमा यति सुस्त अगाडी बढछ की घरिघरि शंका उठछ, यो थ्रिलर सिनेमा हो भन्नेमा।

ट्रेलर राम्रो र सिनेमा नराम्रो भएको मैले हेरेका सिनेमामध्ये छडकेपछि फिटकीरि नै हो ।
सिनेमाको राम्रो पक्ष यसको छायाङकन हो, पुरुषोत्तम प्रधान लाइटसँग राम्ररि खेलेका छन त्यसैले होला शटहरु फ्लाट लाग्दैनन, बिबिधतापुर्ण लाग्छन। हाम्रा प्राय: सिनेमामा राम्रो सिनेम्याटोग्राफी भनेको आँखा तिर्मिराउने उज्याला शटहरु भन्ने हुन्छ तर फिटकिरिमा त्यस्तो छैन। Film-Noir लुक ल्याउने प्रयाश सफल भएको छ, सायद नेपाली सिनेमामा यो पहिलो नै होला। निर्देशक र सिनेम्याटोग्राफरको टिउनिङ मिलेको देखिन्छ यसमा।

सौगात मल्ल अभिनयमा सधै झै अब्बल छन, दिया मास्केको नेपाली संवाद कामचलाउ छ उनको अभिनय झै। निश्चल बस्नेत सामान्य छन।

प्राबिधिकरुपमा सिनेमा राम्रो छ। प्रस्तुति दिक्कलाग्दो भएपनी ।

फिटकिरि हेर्नजाँदाको उत्साह हेरेपछि स्वात्तै झरेको अवश्था हो।

(यो कुनै समिक्षा नभै एउटा दर्शकले हलमा सिनेमा हेरेपछि महशुस गरेको निजी धारणामात्र हो)

तस्विर श्रोत: गुगल

You Might Also Like

No Comments

Leave a Reply