Spirituality

बिपश्यना – 2

December 21, 2013

डिसेम्बरको 1-11 सम्म शिवपुरिस्थत धम्मश्रृङगमा भएको बिपश्यना शिविरमा बिताएर बार्हौ दिनमा म फेरी यो शहरमा फर्किएँ। यो मेरो दोस्रो दश दिने शिविर थियो। ब्यस्त छु भन्ने भ्रमलाइ पाखा लगाएर यी 10 दिन मिलाउन मलाइ पनी अरुलाइ जस्तै गारो परेको थियो तर बिपश्यना जाने भनेर मनले सोँचेपछि अरु कुरालाइ थाँति राखेर चुपचाप लागियो बुढानिलकण्ठतिर।

शहरमा फर्केको छु, यो उस्तै चलायमान छ । शहर हतारमा छ, अनी यस्तै हतारोमा थिएँ म। अत्यासको तह यति बढिसकेको थियो की, यसलाइ एउटा बिन्दुमा पुगेर रोक्नैपर्ने थियो, बिपश्यनालाइ रोजेँ। 10 दिनसम्म मौन पालन गरेँ, केही शील र सदाचारका पाठ अनुभुति गरेँ अनी दैनिक 12 घण्टा मनलाइ स्थिर गरेर एउटा स्थानमा बसेँ । सास नफेरेको धेरै भैसकेको रहेछ, शिवपुरि डाँडाबाट बगेको स्वच्छ बतासमा आग्रह-पुर्वाग्रह त्यागेर सासमात्रै फेरेँ। शहरमा सास फेर्न बिर्सेको रहेछु, बाँच्न बिर्सेको रहेछु । म यति ब्यस्त छु, म यो छु उ छु अनी ओहो म जस्तो आदी आडम्बरको लेपमा बाँचेको म, थोरै दिनलाइ किन नहोस, जीवनलाइ भोगेर होइन, साक्षी बनेर हेरेँ । स्वयंसेवकहरुले दिने एक छाक खाना थाप्दैगर्दा लाग्यो, म भित्रका अहंका टुक्राहरु बिस्तारै बिलीन भैरहेका छन । बाथरुमको तातो पानीले शरिर त पखाल्थ्यो तर मन पखाल्न सकेको थियन अनी जीवनलाइ यो बाटो र त्यो बाटो हिँड भन्दै डोराउने मन थियो, स्टेयरिङ ठिक नभइ मोटर पुग्नुपर्ने गन्तब्यमा पुग्ननसक्दो रहेछ। मनको शल्यक्रिया आवश्यक थियो।

मानसिक स्थिरताको खोजीमा बिपश्यना गएको थियँ, यो स्थिरता मनको तहमा हो, स्थिर जीवनको खोजीमा हैन। स्थिर जीवन नैराश्यपुर्ण र एकलास हुन्छ, स्थिर मनले जीवनमा आउने आँधीेबेहरीहरुसँग आग्रह-पुर्वाग्रह नराखी सम्यकतापुर्वक जुध्ने क्षमता दिन्छ। स्थिर मन र स्थिर जीवन एउटै होइनन।

बिपश्यनाको अनुभव कस्तो रहयो भने, दोस्रोपल्टको हुनाले, पहिलोमा जस्तो दिनगन्ति नै गर्नु त परेन तर गारोचाँही भएको थियो। मानसिक अप्ठयारोपन आफ्नोठाउँमा थियो, त्यसबाहेक दोस्रो दिनबाट शारिरिक रुपमा पनी गारो भएको थियो, मुख्यत: लगातार एउटै पोजिशनमा बस्नुपर्दा घुँडा र अन्य मांशपेशीहरु दुखेर हैरान। बिस्तारै पीडा यति बढदै गयो की, बस्यो दुखिहाल्ने अनी मन एकाग्र गराउनुपर्नेमा ध्यानचाँही पीडामा जाने, अति भएपछि म गुरुजीलाइ सोध्न गयँ र भनेँ- गुरुजी मलाइ त मांशपेशीहरु दुखेर सारै गारो भयो, उहाँले ‘पीडालाइ नभोग्नुस, मात्र Observe गर्नुस साक्षीभावले अनी बिस्तारै पीडाको शक्ति हराउँदै जानेछ’ भन्नुभयो। बाँकी समय मैले त्यही गरेँ, जब पीडा हुन्छ, त्यसपछि मनमा ‘पीडा भैरहेको छ’ भन्ने भाव सृजना गरेँ, पीडालाइ स्वभाविक रुपमा लिएँ। पीडालाइ पुरापुर भोग्न छोडेँ, अचम्म: त्यसको शक्ति बिस्तारै कम हुँदै गयो र चौथो दिनबाट मलाइ कुनै शारिरिक पीडा भएन। एउटै पोजिशनमा लामो समय बस्नसक्ने भएँ। शारिरिक पीडा हटेपछि मन एकाग्र हुन सहज भयो।

बिपश्यना गएर मलाइ यस्तो भयो, उस्तो भयो, म सन्त भएँ, महात्मा भएँ भन्नु बेकारका कुरा हुन अहिलेलाइ। त्यहाँ पालन गरिएका शील-सदाचारका कुराहरुलाइ दैनिक जीवनमा निरन्तरता दिन सकियो भने बास्तविक सन्त नभइने भन्ने होइन तर अहिलेलाइ म जस्तो पुरा सांसारिक मोहजालमा जेलिएको मान्छेलाइ त्यो जालका केही गाँठाहरु फुकाउन सहज भएको अवश्थामात्र हो। पहिलो शिविर र यसमा भएको अर्को फरकचाँही, एकपल्ट १० दिने शिविरमा भाग लिइसकेका साधकहरुले अपरान्ह १२ बजेपछि शरिरमा अन्न नपार्ने भन्ने नियम रहेछ, त्यसलाइ पालना गरियो। साँझ पाँच बजे कागती पानी पिइयो।

डिसेम्बरको पहिलो हप्ता माथि शिवपुरिमा शहरमा भन्दा अलि जाडो नै थियो । एउटा ब्लाङकेट र पिल्लो कभर लगेको थियँ तर त्यसले पुगेन । त्यँही धर्मसेवकहरुले थप सिरकको ब्यवस्था गरे। शहरभन्दा पर पहाडको काख अनि शान्त बातावरणमा मौनरुपमा १० दिन बिताउँदा शारिरिक र मानसिक दुबै रुपमा रिन्यु भएको अनुभव रह्यो।

अनुत्पादक ब्यस्तताले अस्तब्यस्त बनेको जीवनलाइ सही ट्रयाकमा ल्याउने सानो प्रयाश थियो यो तर निरन्तरको अभ्यासबिना बिपश्यनाबाट हुनुपर्ने लाभ हुनसक्दैन भनेर बुझियो, निरन्तरताको प्रयाश जारि छ । आशा या निराशा नराखी कुनैपनी बस्तु, ब्यक्ति र अवश्थालाइ उसको बास्तविक रुपमा स्विकार्नसक्नु नै बिपश्यनाको सार रहेछ । कुनैपनी मोटर राम्ररी गुडनलाइ त्यसको इञ्जिन राम्रो हुनु जरुरि भएझै हाम्रो जीवनमा संयक र स्थायी खुसी भित्राउनका लागी मन शुद्द हुनु आवश्यक रहेछ। यी कुराहरु हामीलाइ थाहा नभएका कुनै नयाँ कुरा त होइनन। सानैदेखी सुन्दै आएका छौ तर बुद्दिमान देखिन, तर्क-बितर्क गरेर बुद्दिबिलास गर्नमात्र यी कुराहरु प्रयोग हुँदै आए, अनुभुतिको तहसम्म ती पुग्न सकेनन र अनुभुतिको तहसम्म नपुग्दासम्म परिवर्तन संभव रहेनछ।

शहरमा फर्केपछि जीवन चलिरहेको छ, फरक के भने अहिले अलि न्युट्रल हुन सकिएको छ। ब्यक्ति, बस्तु र अवश्थाप्रति आग्रह नराखी बर्तमानमा बाँच्ने प्रयाश निरन्तर छ। पुग्नु कहिँ छैन, त्यसैले होला अचेल उति हतारो पनी छैन। चिसो काठमाडौमा सबेरेै उठेर पत्रिका पसलमा पुग्नु, पत्रिका किन्नु अनी त्यो चिसोपनलाइ भित्रसम्म महशुस गर्नुसँगै बिहानीहरु शुरु भएका छन, दिनहरु त उस्तै हुन। एउटा भनाइ छ नी, संसार तिम्रो रिफ्लेक्सन हो। रहेछ जस्तो लाग्छ, मान्छे आफुजस्तो छ, संसार उस्तै देखिँदोरहेछ। कसैप्रति आशा या निराशा नराखेपछि संसार त्यसै सुन्दर लाग्दोरहेछ।

समग्रमा बिपश्यनाको अनभव राम्रो रहयो। हरेक राम्रा बाटाहरु शुरुमा अफ्ठयारा भएझै यो पनी अफ्ठयारो लागेकै हो तर बिस्तारै त्यो अफ्ठयारोलाइ स्विकार गरेपछि स्वभाविक लाग्दोरहेछ।

बर्षमा कम्तीमा दश दिन आफ्नालागी छुट्टाउनेछु शिविरमा भाग लिन भन्ने प्रण यसपाली गरेको छु।

अहिलेलाइ यत्ति, तपाँइहरु सबैको मंगल होस।

बिपश्यनासम्बन्धि थप जानकारिका लागी: www.dhamma.org.np

तस्विर श्रोत: गुगल

You Might Also Like

7 Comments

  • Reply MAHESH PANDEY December 21, 2013 at 1:52 pm

    ITS GREAT JOB KEEP IT UP, EVERY EFFORT HAVE COMFORT ANT DIFFICULTIES

  • Reply Nirmal December 21, 2013 at 9:16 pm

    Dherai din pachhi tapaiko blog padhna paiyo. Khushi lagyo.

  • Reply Aashish December 22, 2013 at 1:50 pm

    nice … be happy !

  • Reply Dorji Tsering Sherpa December 30, 2013 at 12:46 am

    Greatly appreciate this nice article about your Vipassana experience. You have in just two courses experienced and learnt the main things there is to learn. Your article will encourage many beginners. I have shared it in my face book to many. Do keep your morning and evening one hour practice regular and it will give you the benefit. Metta

    • Reply Rasul January 22, 2014 at 3:55 am

      The honsety of your posting is there for all to see

  • Reply mahesh January 13, 2014 at 7:56 am

    बिपश्यना ध्य़ान शिबीर बारे लेख पढ्दा ,ध्यान त गर्नु पर्ने पो रहेछ दाई

  • Reply एल बी थापा December 30, 2016 at 10:19 am

    रामरो आलेख ! धेरै दिन पछि पदेर पनि ताजै लागयो । धयान, लेख, फिलिम, कंपयुटर बिगय ईनिजीनियरिँ जो सबका बशका बिसय हुन सकतैनन को जानकारी मेरो परयबेछेनमा रहेको जानकारी गराएँ । “कसैप्रति आशा या निराशा नराखेपछि संसार त्यसै सुन्दर लाग्दोरहेछ।”सबको भलो भए त तपाँई पनि कसो नहोला त आजको दिनमा ! नयाँ बष २०१७को सुभकामना !

  • Leave a Reply