साहित्य

प्रयोगशाला: नेपाली सङक्रमणमा दिल्ली, दरबार र माओवादी

November 30, 2013

पत्रकार सुधीर शर्माले लेखेको ‘प्रयोगशाला: नेपाली संक्रमणमा दिल्ली, दरबार र माओवादि’ पुस्तक पढेर सकेँ। केहीदिनअगाडी पुस्तकहरु किन्न भनेर म कान्तिपथस्थित एजुकेशनल बुक हाउसमा गएको थियँ, र त्यहाँ पुगेर कुमार नगरकोटीको ‘फोसिल’  र सरोजराज अधिकारिको ‘चक्रब्युहमा चन्द्र-सुर्य’ लगायतका पुस्तकहरु किन्न ठिक्क परेको, गोजीमा पैसा रहेनछ। हेरेको पुगनपुग आठ सय रुपैयाँ।

किन्न त पर्यो। काउन्टरमाथि पुस्तकहरु राख्दै मैले सोधेँ: क्यास पैसो त रहेनछ, कार्ड लिनु हुन्छ होला नी ? अचेल काठमाडौमा प्राय: ठाउँहरुमा भिजा, मास्टर कार्डहरु स्विकार्य  भैसकेको देखेको थियँ । जस्तो भाटभटेनी स्टोरदेखि, सिनेमा हल अनी रेष्टुरेन्टहरु र ट्राभल अफिसहरुमा।
काउन्टरपछाडी बसेका महाशयले मलाइ माथिदेखि तलसम्म हेर्दै भने: कस्तो कार्ड हो चेक गर्नपर्छ! यसो बिचार गरिपुराउँदा तिनले मसँग काम लाग्ने कार्ड होला भनेर बिश्वास नगरेका जस्ता देखिए।
‘भिजा कार्ड’ मैले भने
‘नंबर टाँसियको नभएर माथि उठेको भए मिल्छ’ भने। तिनले मेरो हातमा नेपाल इन्भेष्टमेन्टको कार्ड देखिसकेका थिए, जसमा नंबर टाँसिएको हुन्छ, उठेको नभइ। एक मनले त अर्को कार्डबाट किनौजस्तो लागेको थ्यो। मसँग BOA र HDFC का कार्ड त थिए वालेटमा तर उनको ग्राहकप्रतिको ब्यवहार देखेर झ्याउ लागेर आयो र प्रयोगशाला अगाडी तेर्साउँदै भने ‘भैगो यो मात्र दिनुस’ र टिपेर हिँडे। प्रयोगशालाका बारेमा कुरा गर्दा यी माथिका कुरा भनिरहनु जरुरि त थिएन तर कुरो के भने यहाँ  ग्राहक भनेका मुला भैँसी बराबर।
खैर यी कुराहरु छोडौ, दिनहुँ भोगिरहने कुराका बारेमा के लेख्नु ? 🙂

नेपाली राजनिति र यहाँ हुने चक्रब्युहहरु बुझ्न ‘प्रयोगशाला’ राम्रो पुस्तक हुनसक्छ, बिशेषत: भारतिय हस्तक्षेप, गुप्तचर संस्था ‘र’ अनी उसप्रति समर्पित नेपाली राजनितिज्ञहरु, ‘र’ को नेपालमा हुने चलखेल, माओवादी युद्दको शुरुवात, सञ्चालन र बिसर्जन अनी राजा ज्ञानेन्द्रको ‘कु’, तत्कालिन माओवादीहरुसँगको बार्ताप्रक्रिया, रणनितिहरु र पहिलो संबिधानसभाको चुनाव लगायतका बिषयमा जानकारि दिन प्रयोगशाला सफल पुस्तक हो। सुधिर शर्मा कान्तिपुर दैनिकका सम्पादकपनी हुन त्यसैले पनी हुनसक्छ लेखन शैली सरल र स्पष्ट छ। जटिल र क्लिष्ट शैलीको प्रयोग गरिएको छैन। पुस्तकको बिशेषता, पढदै जाँदा पुस्तक छोडन मनै लाग्दैन। लगभग चारसय पृष्ठको पुस्तक नेपाली पुस्तकहरुमा मोटै मान्नुपर्छ तर पुस्तकले कुनै पनी ठाउँमा पानाहरु नपढेर ‘स्किप’ गर्नुपर्ने बनाउँदैन। घटनाक्रमहरुलाइ रोचक तरिका रिफरेन्सहरुसहित प्रस्तुत गरिएको छ। माओवादीभित्रको अन्तरद्वन्द र बिशेषत: प्रचण्ड-बाबुरामबिचका सहकार्य, शंका, एकअर्कालाइ भारतपरस्त र राजापरस्त लगाइने आरोपहरुका बारेमा बिस्तृत लेखिएको छ।

यिनै बिषयमा लेखिएका अन्य पुस्तकहरु नपढेर किन ‘प्रयोगशाला’ नै पढने भन्ने कुरामा मेरो अनुभव के रहेको छ भने, हाम्रोमा यस्ता संवेदनशील बिषयहरुमा लेखिने प्राय: पुस्तकहरु निस्पक्ष हुँदैनन। ती कतै न कतै ढल्किएका र सल्किएका हुन्छन। प्रयोगशाला जस्ता पुस्तकहरु पछिका लागी इतिहासतिर फर्कने सन्दर्भ-सामग्री हुन, त्यसैले यी बिषयहरुको सक्दो सत्यता बाहिर ल्याउने कोशिस हुनैपर्छ, जुन शर्माले प्रयोगशालामार्फत गरेका छन।

पुस्तकका बारेमा अन्तिममा के भन्नसक्छु भने, हाम्रो भु-राजनैतिक अवश्था र समाजका बारेमा थोरैपनी चासो राख्ने मान्छेहरुका निम्ति ‘प्रयोगशाला’ पढनैपर्ने पुस्तक हो । पठनीय र संग्रहणिय पुस्तक छ।

हाम्रो राजनिती बुझ्न धेरैपछि एउटा राम्रो पुस्तक पढन पाएको महशुस मलाइ भएको छ।

तस्वीर श्रोत: गुगल

You Might Also Like

1 Comment

  • Reply एल बी थापा December 30, 2016 at 10:49 am

    आलेखको बिचारसँग सहमत छु पुरै ! एउटै आलेखबाट दुईटा संदेशहरुः
    १-नेपालमा हरेक किसिमका ग्राहक भनेका मुला भैँसी बराबर ।
    २- नेपाल देशी बिदेशीको टाठा बाठाको चँगुलमा फसेको फसाइएको एक अति संवेदनशील प्रयोगशाला हो पुस्तक पदे पछि निकास खोजी गराैँ । पुस्तक त केबल इतिहासतिर फर्कने सन्दर्भ-सामग्री न हो । त्यसैले यति संवेदनशील बिषयहरुको सक्दो सत्यता बाहिर ल्याउने कोशिस पाठक बरग बाट हुनैपर्छ । नभए को बाट आशा राखने?

  • Leave a Reply