साहित्य

कोर्ट मार्शल

November 25, 2013

हिँजो थियटर भिलेज लाजिम्पाटमा अनुप बरालले निर्देशन गर्नुभएको नयाँ नाटक ‘कोर्ट मार्शल’ हेरेँ। पहिले पनी नाटक हेर्छु हेर्छु भन्दाभन्दै जुरिरहेको थिइन, यतिबेला धेरै ब्यस्त नभएको मौका पारेर हेरिहालौ भनेर गएको थियँ। साथि कृष्णलाइ जाउँ भनेर फोन गरेको ‘आलेक्सन’ को चापले अझै छोडेको रहेनछ उहाँको न्युज रुममा अनि ठमेल दिनेशलाइ फोन गरेको जाउँ न त भन्नु भो र गइयो।

सेनाभित्र माथिल्ला अफिसरहरुबाट तल्लो दर्जाका सहकर्मीहरुमाथि गरिने दुर्ब्यवहारले निम्त्यायको दुखद घटना नै ‘कोर्ट मार्शल’को कथाबस्तु हो। लगभग २ घण्टा नाटकले बाँधेर राख्यो र घरिघरि निकै भावुकपनी बनायो। राजेश हमालका सिनेमाहरु हेरेर उनको फ्यान नभएपनी नाटक हेरेरचाँही उनको अभिनयकलाको म फ्यान भएको छु। राम्रो अभिनय गरेका छन, त्यसबाहेक आश्चर्यजनक उत्कृष्ट अभिनय मलाइ अभियुक्त रामबहादुरको तर्फबाट सैनिक अदालतमा बहस गरिरहेका सुभाष थापा र राणा अफिसरको भुमिकामा रहेका कर्मा (ंमहेश शाक्य) को लाग्यो। जुडिसरी कमीटिमा बसेका बि.एस. राणाको भुमिका पनी जमेको थियो। हिन्दि सिनेमाहरुमा जसरी हिरो र भिलेनबिच इन्टेन्स संवाद चलिरहँदा बेलाबेला जोनी लिभर आएर बातावरणलाइ हलुका बनाउँछन, त्यस्तै बिएस राणाको भुमिकाले नाटकको गर्हौ बिषयबस्तुका बिच-बिचमा हँसाइरह्यो।

राजेश हमाल सैन्य न्यायाधिशको भुमिकामा निकै जमेका छन। उनको हाउभाउ, हिँडाइ र बोल्ने शैलीले उनी उच्च सैन्य अफिसर हुनभन्ने झल्को दिन्छ। निर्देशक अनुप बरालको काम सराहनीय छ। प्रतिवादिका तर्फबाट बहस गर्ने भुमिकामा रहेकी दिया मास्के ठिकै छिन ।

मैले धेरै नाटक हेरेको छैन, त्यसैले कोर्ट मार्शललाइ अन्य कुनै नाटकसँग दाँज्ने अवश्थामा छैन म, तर यो हेर्न लायक अब्बल नाटक हो भन्न सोँचिरहनुपर्दैन। आँखाअगाडी अभिनय गरेर दर्शकहरुलाइ दुइघण्टासम्म बाँध्नसक्नु चानचुने कुरा होइन । राजेश हमालको बौद्दिक ब्यक्तित्वको प्रशंशक त थिएँ नै अब उनको नाटकिय अभिनयले समेत तानेको छ।

समय छ र कलात्मक नाटक हेर्न चाहनुहुन्छ भने ‘कोर्ट मार्शल’ नछुटाउनुहोस। डिसेम्बर 2 सम्म हरेक साँझ पाँच बजे थियटर भिलेजमा शुरु हुने नाटकका निम्ति पौने पाँच बजेसम्म पुग्नुभएमा राम्रो हुन्छ किनभने नाटक ठयाक्कै 5 बजे शुरु हुने भनिएको छ (मैले हेर्दा सवा पाँचमा शुरु भएको थियो :))

अहिलेलाइ यत्ति।

तस्विर श्रोत: Actor’s Studio

You Might Also Like

No Comments

Leave a Reply