साहित्य

‘प्रश्न’

January 5, 2013


प्रश्न सुनियो-
तँ मरिसकिस की जिउँदै छस?
अगाडी उभिएको थ्यो उ
म जस्तै
आँखाभरि प्रश्न बोकेर
बाँच्नु के हो – मैले सोधेँ
सास फेरेको छस?
मैले छाती छामे
सास थियो
म बाँचेको छु
उ अबिश्वासी हेराइ फालेर हिँडयो ।
छिनमै बिलायो कतै…
टाढाटाढासम्म कोही थिएन
शुन्यता कानमा ठोक्किइरह्यो
सुइय सुइय !!
आफैतिर हेरेँ
लुगाहरु थिएनन….निर्बस्त्र
जन्मजात अवश्था
बातावरणको चिसोले छोएन मेरो देहलाइ
मन डढेको थियो..ताप उमारेर
कसैले भन्यो-
बिचारहरुबाट मुक्त हो ?
बिचारहरुलाइ केवल हेर-
दृष्टिकोण नबना
तँ त्यो हैनस, जुन सोँचिरहेको छस
संवादहरु उर्लिए
म बिमुक्त हुन खोजेँ
बिचारबाट त मुक्त हुँला तर…
स्मृतिहरुलाइ कसरी पखालुँ ?
चट्टानमा खोपीएका अक्षरजस्ता
इतिहासलाइ कसरी हटाउँ?
मैले मेटाएर इतिहास मेटिन्छ र ?
संवादहरु उर्लिइरहे भेलसरी
एउटा मान्छे उभिइरहेछ
अज्ञात ठाउँमा
आफैसँगको युद्दमा ब्यस्त उ
त्यो साले मुर्ख हो-
मनसँगको युद्द जित्नु संभव छ र?
हार्नेछ उ..
जबसम्म स्मृतिका फाइलहरुलाइ
Ctrl+Alt+Delete
हान्नेछैन उ
उसलाइ हेरिरहेछु म टाढैबाट
किनकी
मैले अझै भेटाएको छैन
स्मृतिहरुलाइ
Ctrl+Alt+Delete हान्ने यन्त्र
उसलाइ जिउँदो या मुर्दा भनेर सोध्ने मै थिएँ?
उसलाइ सोधेर म आफैलाइ सोधिरहेछु
किनकी मलाइ थाहा पाउनु छ
म बाँचेको छु या मरेको छु ?

**
(Originally Published on: January 5, 2013 – 8:16 pm)

Image: Google

You Might Also Like

No Comments

Leave a Reply